सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मुलुकमा आर्थिक सुशासन भएको छैन : महालेखा परीक्षक शर्मा

मङ्गलबार, २० वैशाख २०७९, १८ : ३९
मङ्गलबार, २० वैशाख २०७९

महालेखा परीक्षक टंकमणी शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखा परीक्षक शर्माले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरू समेत दोषी रहेको बताएका हुन् ।

उनले  हामीले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वयन गर्न नसकिएको बताए । महालेखा परीक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भ्रष्टचार बढ्नु, अनियमितता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको जिकिर गरे । नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वास्थ्य , रोजगारी, राज्य वा सरकारले आफ्नो शासकीय भूमिका पूर्ण रूपमा निवार्ह गरी पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारमुक्त र मुद्राको सार्थकता खोजेको महालेखा परीक्षक शर्माको भनाइ छ ।

उनले नेपाली लेखा परीक्षक अन्तर्राष्ट्रिय लेखा व्यवसायीहरूले पत्याउन योग्य बन्नु पर्ने आवश्यकता रहेको बताए । सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय स्थानीय तहका कुनै पनि व्यक्तिले उम्मेदवार हुँदा सरकारी राजश्व बाँकी, बेरुजु भए तिर्नुपर्ने आचार संहिता बनाउँदा देशभरबाट धेरै पैसा उठेको उनको भनाइ छ । महालेखा परीक्षक शर्माले लेखा परीक्षण भनेको परीक्षण गर्दा नमिलेको कुरा मात्रै लेख्ने भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप