शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायक राजु लामाले गरे सगरमाथामा कन्सर्ट

मङ्गलबार, २० वैशाख २०७९, १७ : ५९
मङ्गलबार, २० वैशाख २०७९

गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । उनले सामाजिक संजालमार्फत कन्सर्ट गर्न सफल  भएको जानकारी दिएका छन् ।
‘त्यो उचाइमा कार्यक्रम गर्न सहज थिएन । चुनौती स्वीकार्यौ’ उनले अगाडि लेखेका छन् ‘सम्भवत यो सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो ।’ उनले जलवायु परिवर्तन र त्यसले विश्वभरका पार्ने प्रभावको सन्देश दिन कन्सर्ट गरेको समेत बताएका छन् ।
कन्सर्ट सकाएर उनी अहिले सगरमाथा आरोह तिर लागेका छन् । लामाले गत २७ चैत्रबाट सगरमाथा आरोहण सुरु गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप