शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शान्तिराम र रजनीलाई जसराज प्रतिभा पुरस्कार

मङ्गलबार, २० वैशाख २०७९, १७ : २१
मङ्गलबार, २० वैशाख २०७९

सङ्गीतकार शान्तिराम राई र साहित्यकार डा. रजनी ढकाल जसराज किराती प्रतिभा पुरस्कारद्वारा सोमबार पुरस्कृत भएका छन् । खोटाङको बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित संस्था जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल/बेलायतले नेपाली सङ्गीतका विधामा उल्लेखनीय योगदान पुर्याएबापत २०७७ का लागि राईलाई प्रदान गरिएको हो ।

त्यस्तै कविता, निबन्ध, समालोचना लगायतका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत २०७८ का लागि डा. ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको रकम जनही ५० हजार राशीको रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाले स्रष्टाद्वयलाई पुरस्कृत गरे । सो अवसरमा उनले पुरस्कृत प्रतिभाहरूका सिर्जनाले नेपाली सङ्गीत तथा साहित्य क्षेत्रलाई समृद्ध बनाउन सहयोग पुगेको बताए । 

उक्त अवसरमा प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्ष राईले संस्थाको उद्देश्य र पुरस्कारका बारेमा प्रकाश पारेका थिए भने पुरस्कृत द्वयले पुरस्कृत हुँदाको अनुभूति व्यक्त गरेका थिए । कोभिड महामारीका कारण दुई वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप