राष्ट्रिय भलिबल : पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित
गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा हरायो ।
प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटले लगातार तेस्रो हार हो । आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । शतप्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ ।
यता, गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।
प्रतियोगितामा हेल्प नेपाल, नेपाल पुलिस, एपीएफ र गण्डकीले समान तीन अंक जोडेका छन् । गल्कोट र ढोरपाटन स्पोर्टस् क्लब अंकविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या