बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उदय सोताङको नयाँ गीत ‘थाहा छैन’

मङ्गलबार, २० वैशाख २०७९, १६ : ५९
मङ्गलबार, २० वैशाख २०७९

लोकप्रिय गायक उदय सोताङ र भ्वाइस अफ नेपाल प्रतियोगी गीता शर्मा स्वर रहेको गीत ‘थाहा छैन’ सार्वजनिक भएको छ । सुमन योञ्जन शब्द रहेको गीतमा गायक सोताङकै संगीत छ । कृष्ण लिम्बुको संगीत संयोजन रहेको गीतको भिडियोमा मुकुन भुषाल र विमला लिम्बुको अभिनय देख्न सकिन्छ । सैनिक जवान र उनकी श्रीमतीको प्रेमकथा भिडियोले देखाउन खोजेको छ ।

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोका निर्देशक राजेश पुमा राई हुन् । यसअघि गीतकार योञ्जनका ‘फिदा’, ‘पानी पिउने’, ‘सरु सरु लाग्यो’ ‘कालापानी’ लगायत गीत सार्वजनिक भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप