बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
मङ्गलबार, २० वैशाख २०७९, १६ : ५८
आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा
-
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
-
पहिलोपटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
-
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु