शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राहुल गान्धीको भिडियो भाइरल भएपछि कांग्रेसले भन्यो, ‘साथीको बिहेमा पनि भाजपालाई सोधेर जाने ?’

मङ्गलबार, २० वैशाख २०७९, १६ : ००
मङ्गलबार, २० वैशाख २०७९

 भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी यतिबेला साथीको विवाहमा सरिक हुनका लागि काठमाडौँमा छन् । सोसल मिडियामा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिङ्क्समा गएको उनको भिडियो यतिबेला चर्चाको केन्द्रमा छ ।

यो भिडियोलाई भाजपाका नेता तथा कार्यकर्ताले व्यापक सेयर गरेर राहुलमाथि निशाना साँधेका छन् । यो भिडियोबारे कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले राहुल गान्धी मित्र देश नेपालमा एक साथी, जो एक पत्रकार पनि हुन्, को विवाहमा सरिक हुनका लागि गएको प्रस्ट पारेका छन् । यसो भन्दै उनले भने, ‘साथी र परिवार हुनु, विवाहमा जानु, हाम्रो संस्कृतिको पनि हिस्सा हो ।’

 


 

उनले थपेका छन्, ‘विवाहमा जानु अहिले पनि यो देशमा अपराध होइन । भाजपाले अब उप्रान्त विवाहमा समावेश हुनु गैरकानुनी हो र साथी बनाउनु अपराध हो भनेर निश्चित गर्न सक्लान् । तर यसबारे मलाई भन्नुहोस् ताकि हामी आफ्ना साथी र परिवारका सदस्यको विवाहमा समावेश हुने हाम्रो परम्परालाई परिवर्तन गर्न सकौँ ।’

यता भाजपाले पनि राहुल गान्धीलाई एलओडीको भिडियो पोस्ट गरेर लगातार हमला गर्न छोडेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप