जुम्लामा ७६ हजार मतपत्र पुग्यो

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो ।
उनका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताए । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको छ ।
मतपत्र नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धित मतदान स्थलसम्म स्थलमार्गबाट जुम्ला पुर्याइनेछ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाइएको छ । जुम्लामा ६७ हजार सात ४४ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
जबरजस्ती निकालिएका कर्मचारी पुनः नियुक्त गर्न ट्रम्पलाई न्यायाधीशको आदेश
-
होली मर्यादित बनाउन मधेसका १६७ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट
-
अल्भारेज विवादपछि यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने