सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

म महिलामैत्री हुँ, त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ : केशव स्थापित

मङ्गलबार, २० वैशाख २०७९, १४ : ५१
मङ्गलबार, २० वैशाख २०७९

नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएको भन्दै हिंसाको आरोप सही नभएको जिकिर गरे । 

आफू महिलामैत्री भएकै कारण उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने उनको भनाइ थियो । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको जिकीर थियो । मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए । 

स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको दोहो¥याए । ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव । हाम्रो केही कर्मचारीहरुसँग काम गरेँ माडसाव भन्थ्यो । जनताको काम गर्न माडसावलाई रेष्टुरेन्टमा भेटनुपर्ने । तर मेरो महिला साथीहरुले त्यसो गरेनन्’, उनले भने, ‘महिलाहरु अलिबेसी कोमल भएको कारण पनि म महिला मैत्री हो । त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ । अव यही कारणले मैले आरोपित हुन जरुरी छैन ।’

स्थापितले आरोप लगाउनेहरुलाई आफूले गालीमा जवाफ दिन नचाहेको  बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप