शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतको चिङ्गाडमा दुई दलीय गठबन्धन टुट्यो, काँग्रेसले धोका दिएको माओवादीको आरोप

मङ्गलबार, २० वैशाख २०७९, १४ : ५१
मङ्गलबार, २० वैशाख २०७९

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा माओवादी–काँग्रेसबीचको दुई दलीय गठबन्धन टुटेको छ । काँग्रेसको स्वार्थ अनुकुल गठबन्धन बनेको र काँग्रेसले नै धोका दिएको भन्दै माओवादी केन्द्र बाहिरिएको हो ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले गठबन्धन तोडेको जानकारी गराएको छ  । माओवादीले प्रदेशमा भएको सहमति विपरीत काँग्रेस अघि बढ्न खोजेको आरोपसमेत लगाएको छ ।  

चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष काँग्रेसलाई दिने सहमति भएको थियो । माओवादीलाई ०७४मा जितेका वडासहित तीन वटा वडाको नेतृत्व लिनेगरी निर्वाचन लड्ने सहमति भएको माओवादी चिङ्गाडका अध्यक्ष समर बहादुर कामीले बताए ।

सोही अनुसार माओवादीले निर्णयलाई इमानदारिता पूर्वक कार्यान्वयन गरे पनि काँग्रेसले गठबन्धनको मर्म विपरीत एकलौटी उल्लंघन गरेको छ,’ उनले भने, ‘काँग्रेसले पालिकास्तरमा देखाएको व्यवहार षड्यन्त्रकारी, झुट र बेइमानीपूर्ण देखिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप