आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीशले नै चुनावमा भोट मागेपछि....

मङ्गलबार, २० वैशाख २०७९, १४ : २१
मङ्गलबार, २० वैशाख २०७९

निर्वाचन आचारसंहिता विपरीत एक जिल्ला न्यायाधीशले स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि भोट मागेका छन् । रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले ओखलढुङ्गाको एक स्थानीय तहबाट उठेकी एमाले उम्मेदवारको पक्षमा मत मागेका हुन् । 
 
रौतहटका जिल्ला न्यायाधीश चित्र बहादुर गुरुङले निर्वाचन आचारसंहिता विपरीत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी ईच्छाकुमारी गुरुङको पक्षमा सामाजिक सञ्जालमार्फत् मत मागेका हुन् । निर्वाचन प्रयोजनका लागि तयार पारिएको भिडियो सामाग्री न्यायाधीश गुरुङले वैशाख २० गते मंगलबार सेयर गरेका हुन् । 

निर्वाचन आचारसंहिता अनुसार कुनैपनि सरकारी कर्मचारी वा न्यायाधीशहरुले समेत कुनै पनि उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा कुनै कुरा लेख्न, उनीहरुको पक्षमा मत माग्न पाउँदैन । अझ न्यायाधीश जस्तो व्यक्तिले कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्षमा कुनै प्रचार सामाग्री उत्पादन, प्रकाशन वा प्रसारण र पुनः प्रसारण गर्न मिल्दैन । न्यायाधीशको आचारसंहिताले पनि यसलाई बन्देज लगाएको छ । 

तर रौतहट जिल्लामा कार्यरत रहेका न्यायाधीश चित्र बहादुर गुरुङले पनि सामाजिक सञ्जाल फेसबुकमै एमालेका तर्फबाट ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएकी ईच्छाकुमारी गुरुङको प्रचारसामाग्री नै पोष्ट गरेका छन् । न्यायाधीशले त्यस्तो सामाग्री पोष्ट वा सेयर गर्न मिल्छ कि मिल्दैन भन्ने रातोपाटीको प्रश्नमा न्याय परिषद्का एक सदस्यले उक्त कार्य निर्वाचन आचारसंहिता र न्यायाधीशकै आचारसंहिता विपरीत रहेको बताए ।

अपडेट : न्यायाधीश गुरुङले बिदाको दिन  सामाजिक सञ्जाल चलाउने क्रममा झुक्किएर सो पोस्ट सेयर भएको र अहिले त्यसलाई हटाइसकेको जानकारी  दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप