बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

मङ्गलबार, २० वैशाख २०७९, १४ : १४
मङ्गलबार, २० वैशाख २०७९

नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । 

अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । 

हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप