शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिभी हेरेर बिग्रिरहेको छ तपाईंको बच्चाको भाषा ? यसमाथि नियन्त्रण कसरी गर्ने ?

मङ्गलबार, २० वैशाख २०७९, १३ : १५
मङ्गलबार, २० वैशाख २०७९

आजको आधुनिक समयमा बालबालिकाले पढाइ, खेलकुद र अन्य महत्वपूर्ण काममा ध्यान दिनुभन्दा टिभी र इन्टरनेटमा बढी समय दिन्छन् । टिभी र इन्टरनेटको दुनियाँमा आजकल बाल्यकाल कतै हराइरहेको छ । यो उनीहरूको शारीरिक र मानसिक विकासको लागि बिल्कुल राम्रो हुँदैन किनभने बालबालिकाले जब टिभी वा इन्टरनेटमा अत्यधिक समय व्यतित गर्छन्, तब बाहिरका खेलहरूलाई उनीहरुले वास्तै गर्दैनन् । यसले उनीहरूको स्वास्थ्यमा प्रतिकुल असर गर्छ । यति मात्र होइन, टिभी हेर्दा बालबालिकाको भाषा पनि बिग्रँदै गएको छ र व्यस्त जीवनका कारण अभिभावकले समय दिन सक्दैनन् । यस्तो अवस्थामा आफ्नो बच्चा दिनभर टिभी र मोबाइलमा के हेरिरहेका छन् भन्ने पनि अभिभावकलाई थाहा हुँदैन । टिभी वा मोबाइलकै कारण आजकाल बालबच्चाको भाषा बिग्रिरहेको छ ।

आज यस लेखमा हामी तपाईंलाई तपाईंको बच्चाको भाषा कसरी सच्याउने भनेर कुराकानी गर्दैछौँ ।

१. बच्चालाई समय दिनुहोस्ः

आजको अति व्यस्त जीवनमा आमाबुवा आफ्नो कामबाट फुत्कन पाइरहेका हुँदैनन्, यसकारण  छोराछोरी घरमा एक्लै हुन्छन् । बच्चाहरुसँग खासै काम हुँदैन त्यसैले उनीहरु टिभी र इन्टरनेटको सहारामा आफ्नो समय कटाउने गर्छन् । आमाबुवा घरमा नै हुँदा पनि उनीहरु आफ्नै काममा व्यक्त हुनुपर्ने भएकोले अभिभावकले आफ्ना छोराछोरीहरुलाई समय दिन कत्तिको महत्वपूर्ण छ भने बिर्सने गर्छन् । तर यसो गर्नु निकै ठूलो भुल हुनेछ । बच्चासँग समय बिताउनुहोस् र उनीहरुसँग खेलेर केही राम्रो कुरा सिकाउने प्रयास गर्नुहोस् ।

२. मायाले सम्झाउनुहोस्ः

जब तपाईंलाई बच्चाको भाषामा परिवर्तन भइरहेको देख्नुहुन्छ तब तपाईंलाई रिस उठ्नु स्वभाविक हो । यतिबेला बच्चाले ठूलाको अनादर गर्न पनि सिकिसकेका हुनसक्छन् । तर, उनीहरूसँग रिसाउनुको सट्टा, उनीहरूलाई मायाले बुझाउनुहोस्  । छोराछोरीको राम्रो पालनपोषणका लागि उनीहरुलाई प्रेमको भाषा सँग परिचित गराउनुपर्छ ।

३. आफैँमा परिवर्तन आवश्यकः

यदि तपाईं आफ्नो बच्चाको भाषा सुधार्न चाहनुहुन्छ भने तपाईंले पहिले आफैलाई परिवर्तन गर्नुपर्छ किनभने बच्चाहरूले आफ्ना आमाबाबुबाट धेरैै कुरा सिक्छन् । जब तपाईं आफ्ना बच्चाहरु कुरा गर्नुहुन्छ, प्रेमपूर्वक गर्नुहोस् । यसबाहेक अरु कसैको अगाडि कुरा गरिरहँदा पनि सम्मान र मायाले कुरा गर्नुपर्छ ।

४. बच्चालाई महसुस गराउनुहोस्ः

जब तपाईंको बच्चाले केही खराब व्यवहार गर्छन् वा अपमानजनक भाषा प्रयोग गर्छन्, उसलाई कुटपिट वा गाली गर्नुको सट्टा, तपाईंले उसलाई गल्ती के हो भनेर महसुस गराउनुपर्छ र तपाईं उसको कार्यबाट कत्तिको दुःखी हुनुहुन्छ भनेर पनि भन्नुपर्छ । तपाईंले यस्तो गर्न सक्नुभयो भने उसलाई आफ्नो गल्तीमा पछुतो हुनेछ ।

५. रोकटोक आवश्यकः

अत्यधिक प्रेमका कारण धेरै आमाबाबुले आफ्ना छोराछोरीमाथि कुनै प्रतिबन्ध लगाउन चाहँदैनन् । अभिभावकको यस्तो व्यवहारको बालबालिकाले  अनुचित फाइदा उठाउन सक्छन् । यसबाट बच्नको लागि, जब तपाइँ आफ्नो बच्चाको मुखबाट गलत शब्द सुन्नुहुन्छ, त्यति नै बेला उसलाई बीचैमा राख्नुहोस् । यदि तपाईंले यसो गर्नुभएन भने तपाईंको बच्चाले त्यो शब्द सधैंभरि सम्झनेछ ।

ओन्ली माई हेल्थबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप