अर्थमन्त्रीले लेखा व्यवसायीलाई भने : देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आयो

अर्थमन्त्री जनार्दन शर्माले देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आएको बताएका छन् । प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘गरिबी हुनुमा कहिले कहाँ त्रुटि भयो ? गरिबीको अडिट गर्नुपर्छ । यसको सही ढङ्गले अडिट गर्न नसकेमा गरिबि अन्त्य गर्न सकिन्छ ।’
यसैगरी, व्यापार घाटा र ‘ब्यालेन्स अफ पेमेन्ट’मा आएको असन्तुलनको समेत अडिट हुनुपर्ने उनको भनाइ छ । ‘त्यस्तो अडिट गर्न हामीले सकेनौँ भने समृद्धि आउँदैन,’ शर्माले भने, ‘बाँझो जमिन र कृषि उत्पादनको अडिट गर्नुपर्ने समय आएको छ ।’ लेखा व्यवसायीहरूले बाँझो जमिन बढ्दै जाने र खर्बौँको खाद्यवस्तु आयात किन हुन्छ भनेर खोज्नुपर्ने समेत बताए ।
देशको आर्थिक स्थिति कस्तो छ भनेर लेखा क्षेत्रले नियालेमा सबै कुरा अभिव्यक्त हुने अर्थमन्त्रीले बताए । लेखा व्यवसायीले इमानदारीपूर्वक सरकारी, निजी र गैरसरकारी संस्थाको अडिट गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई थियो । शर्माले देशको सम्पत्ति खोज्ने समय आइसकेको पनि जिकिर गरे । ‘हिमाल, नदी र झर्नाको मूल्य कति हो भनेर खोज्नुहोस् । हाम्रा युवाहरूको मूल्य कति हो ? यसको अडिट गर्नुपर्ने समय आइसकेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?