बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले लेखा व्यवसायीलाई भने : देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आयो

मङ्गलबार, २० वैशाख २०७९, १३ : ०५
मङ्गलबार, २० वैशाख २०७९

अर्थमन्त्री जनार्दन शर्माले देशमा किन गरिबी छ भनेर अडिट गर्नुपर्ने समय आएको बताएका छन् । प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन २०७९ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने, ‘गरिबी हुनुमा कहिले कहाँ त्रुटि भयो ? गरिबीको अडिट गर्नुपर्छ । यसको सही ढङ्गले अडिट गर्न नसकेमा गरिबि अन्त्य गर्न सकिन्छ ।’

यसैगरी, व्यापार घाटा र ‘ब्यालेन्स अफ पेमेन्ट’मा आएको असन्तुलनको समेत अडिट हुनुपर्ने उनको भनाइ छ । ‘त्यस्तो अडिट गर्न हामीले सकेनौँ भने समृद्धि आउँदैन,’ शर्माले भने, ‘बाँझो जमिन र कृषि उत्पादनको अडिट गर्नुपर्ने समय आएको छ ।’ लेखा व्यवसायीहरूले बाँझो जमिन बढ्दै जाने र खर्बौँको खाद्यवस्तु आयात किन हुन्छ भनेर खोज्नुपर्ने समेत बताए ।

देशको आर्थिक स्थिति कस्तो छ भनेर लेखा क्षेत्रले नियालेमा सबै कुरा अभिव्यक्त हुने अर्थमन्त्रीले बताए । लेखा व्यवसायीले इमानदारीपूर्वक सरकारी, निजी र गैरसरकारी संस्थाको अडिट गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाई थियो । शर्माले देशको सम्पत्ति खोज्ने समय आइसकेको पनि जिकिर गरे । ‘हिमाल, नदी र झर्नाको  मूल्य कति हो भनेर खोज्नुहोस् । हाम्रा युवाहरूको मूल्य कति हो ? यसको अडिट गर्नुपर्ने समय आइसकेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप