शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेट गाला : ५८ करोडको ड्रेस लगाउन किमले २१ दिनमा घटाइन् ७ किलो तौल, थाहा पाउनुस् कसरी ?

मङ्गलबार, २० वैशाख २०७९, १२ : १३
मङ्गलबार, २० वैशाख २०७९

फेसनको सबैभन्दा ठूलो कार्यक्रम मेट गाला २०२२ को कार्यक्रममा सेलिब्रिटीको बाक्लै उपस्थिति रह्यो । सेलिब्रिटीहरु एक से एक पहिरनमा देखिए । किम कार्दासियन पनि मेट गाला २०२२ मा प्रेमीसँग उपस्थिति भइन् । तर यसपटक उनको ग्ल्यामरभन्दा बढी तौल कम गरेको विषयमा चर्चा भइरहेको छ । किमले तीन हप्तामा कसरी तौल कम गरिन् भन्नेबारे जानकारी लिऔँ ।

किमले मेट गालामा मेरिलिन मुनरोको आइकोनिक लुकलाई रिक्रिएट गरिन् । उनले मेरिलिनको त्यहि गाउनमा फिट हुनका लागि अत्यधिक मिहिनेत गरिन् । उनले तीन हप्ताभित्रै लगभग ७ किलो तौल कम गरेकी छिन् ।

किमको यो गाउनले मेरिलिन मुनरोको याद दिलाउँछ जसलाई उनले १९ मे सन् १९६२ मा मेडिसन स्क्वायर गार्डनमा राष्ट्रपति जोन एफ. केनेडीको जन्मदिनमा प्रस्तुती दिनका लागि लगाएकी थिइन् । त्यसको तीन महिनापछि मेरिलिनको निधन भएको थियो । अब किमले मेरिलिनको त्यहि गाउनमा एकपटक पुनः आइकोनिक लुक पेश गरेकी छिन् ।

यो टाइट स्क्विज्ड गाउनमा किम असाध्यै फिट देखिएकी छिन् । किमले आफ्नो गाउनसँग ह्वाइट फर कोट पनि लगाएकी थिइन् । ब्लन्ड हेयरकलरलाई स्लिक बन शेप हेयरस्टाइल दिइएको थियो । यसका साथै किमले १८ के ह्वाइट गोल्ड एन्ड डायमन्ड इयररिङ लगाएकी थिइन् ।

किम कार्दासियनले इन्स्टाग्राममा यो पहिरनमा आफ्नो फोटो सेयर गरेर यसबारे विस्तृत जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरिलिन मुनरोको यो आइकोनिक ड्रेस लगाएर असाध्यै सम्मानित महसुस गरिरहेकी छु । यो स्टनिङ स्किनटाइट गाउनलाई कस्टुमियर जिन लुइसले ६ हजार क्रिस्टल्सबाट तयार गरिएको छ । ’ केही रिपोर्टका अनुसार यो ड्रेसको मूल्य ४.८ मिलियन डलर (५८ करोड रुपैयाँ) पर्छ ।

किमले आफ्नो तौल कम गरेको बारे भोगसँग पनि कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘अघिल्लो वर्ष सेप्टेम्बरमा गालापछि मलाई यो आइडिया आयो । यदि मैले बेलेन्सियागा लुक लिइनँ भने अमेरिकन थीमलाई कसरी पूरा गरुँला । योभन्दा उत्कृष्ट अमेरिकी थीम अरु के हुन सक्ला । मेरिलिन मुनरो.... या त म यो लगाउँछु वा केही लगाउँदिनँ ।’

किमले तीन हप्तामा आफ्नो १६ पाउन्ड तौल कम गरेकी छिन् । त्यसपछि उनले आफ्नो तौल कमबारे कुरा गरेकी छिन् । उनी भन्छिन्, ‘म दिनमा दुईपटक सोना सुट लगाउँथे, ट्रेडमिलमा दौडन्थेँ । चिनी र कार्ब्सबाट टाढै बसेँ र तरकारी र प्रोटिन मात्रै खान्थेँ । म भोको बसिनँ तर म आफ्नो खानामा अत्यधिक कडा थिएँ ।’

‘यस्तो डाइटपछि जब म त्यो ड्रेस ट्राइ गर्न गएँ तब त्यो मलाई मज्जाले फिट भयो । त्यतिबेला म खुसीले रुन चाहन्थेँ,’ उनले भनिन् ।

किम कार्दासिया, मेट गाला २०२२ मा आफ्ना प्रेमी पिट डेभिडसनसँग पुगेकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप