सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई यातना दिइएको छैन : निगम

मङ्गलबार, २० वैशाख २०७९, ११ : ५६
मङ्गलबार, २० वैशाख २०७९

नेपाल वायुसेवा निगमले निगमका कर्मचारी देवराज ओझालाई यातना नदिइएको स्पष्ट गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ‘एक कर्मचारीलाई यातना दिएर बेहोस’ शीर्षकमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै निगमले अध्यक्षको कार्यकक्षमा बेहोस भएर ढलेका ओझालाई उपचारका लागि मोडल अस्पताल पुर्‍याइएको जनाएको छ ।

अध्यक्ष अधिकारीले ओझा सोमबार दिउँसो एक्कासी आफ्नो कार्यकक्षमा ढलेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको विषयलाई अतिरञ्जित बनाइएको बताए । कर्मचारी ओझालाई संस्थाका विषयमा केही दिनअघि सामान्य सोधपुछ मात्र गरिएको जानकारी उनले दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप