आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

इटहरीबाट १ जना नक्कली चिकित्सक पक्राउ

मङ्गलबार, २० वैशाख २०७९, ११ : ३०
मङ्गलबार, २० वैशाख २०७९

सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शिशिर टोलबाट प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । भारत घर भएका सुजित रायलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले रातोपाटीलाई बताए ।

आरोपीले बिना अनुमति क्लिनिक सञ्चालन गरेर पायल्स फिसर फिस्टुलाको उपचार गर्ने नाममा ठगी गरेको आरोप छ । दुई महिना अघिबाट क्लिनिक सञ्चालन गर्दै आएका रायमाथि इलाज सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप