भारतमा २४ घण्टामा भेटिए साढे दुई हजारभन्दा बढी कोरोनाका संक्रमति
मङ्गलबार, २० वैशाख २०७९, ०९ : ४०
भारतमा पछिल्लो २४ घण्टामा साढे दुई हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा १८.७ प्रतिशत कम हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,५६८ कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, यस्तै २० जनाको मृत्यु भएको छ ।
ताजा आँकडाको कुरा गर्ने हो भने सबैभन्दा धेरै बिरामी दिल्ली (१०७६), हरियाणा (४३९), केरल (२५०), उत्तर प्रदेश (१९३) र कर्नाटक (१११) मा देखिएका छन् । नयाँ कोभिड संक्रमितमध्ये ८०.५८ प्रतिशत यी पाँच राज्यबाटै देखिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । यहाँ कोरोनाका कारण हालसम्म ५,२३,८८९ जनाले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?