परशुराम जयन्ती मनाइँदै
वैशाख शुक्ल तृतीयाका दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका हुन् ।
ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि माता जीवित भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । आमा मारेको कुरा अरुले थाहा नपाऊन् भनी सो वर मागेको उल्लेख गरिएको छ ।
अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गर्नुभएको थियो । क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनले जन्म लिएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गरेका थिए भन्ने वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ