राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरे ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्मनिरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा उल्लेख छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी मान्यजनबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्दछन् ।
एक महिना (रमजान) भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको अर्को विशिष्टता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने