साउदी अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्ट
साउदी अरबले अमेरिकासँगको सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेको छ । साउदी अरेबियाको शाही परिवारका सदस्य राजकुमार तुर्की अल-फैसलले हुथी विद्रोहीको आक्रमण र अन्य सुरक्षा चुनौतीहरूमा अमेरिकाको अडानले आफ्नो देशलाई निराश तुल्याएको बताएको रोयटर्स समाचार एजेन्सीको समाचार छ । राजकुमार तुर्की पूर्व गुप्तचर प्रमुख थिए।
जमाल खशोग्गीको हत्यापछि अमेरिकासँग साउदी अरबको सम्बन्ध बिग्रिएको थियो । खशोग्गीको हत्या साउदी एजेन्टले गरेका थिए । अहिले यमन युद्धका कारण पनि यी दुईबीचको सम्बन्ध बिग्रँदै गएको छ ।
साउदी नेतृत्वको गठबन्धनले सात वर्षदेखि हुथी विद्रोहीसँग लड्दै आएको छ। पछिल्लो समय साउदी अरब रुसतर्फ झुकेको देखिन्छ । युक्रेनमाथि हमला गरेपछि अमेरिका, युरोपेली संघ र अन्य देशले रुसमाथि नयाँ आर्थिक प्रतिबन्ध लगाए पनि संयुक्त अरब इमिरेट्सले रुसमाथि अहिलेसम्म कुनै प्रतिबन्ध लगाएको छैन । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या