जनकपुर विमानस्थलको सुरक्षा जिम्मा सेनालाई
सोमबार, १९ वैशाख २०७९, २२ : २८
स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो ।
आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् । जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा निर्वाचनमा उनीहरू खटेकाले यस अवधिभरका लागि नेपाली सेनाले विमानस्थलको सुरक्षा गर्ने बताए ।
अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ नेपाली सेना विमानस्थलको सुरक्षामा खटेका छन् । एक्सरे मेसिन तथा विमानस्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफीका ‘चोर हाँगा’ हटाउन किसानलाई सुझाव
-
आफ्नै मान्छेलाई किन निशाना बनाउँदैछन् सी चिनफिङ ?
-
तस्बिरमा हेर्नुहोस्, एनपीएल लिग चरणको अन्तिम खेल
-
कोरम नपुगेपछि अर्थ समिति बैठक स्थगित
-
पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको छ : सभामुख घिमिरे
-
अन्तिम जितसँगै सुदूरपश्चिम पहिलो, हारे पनि काठमाडौँलाई पछि पार्दै कर्णाली प्ले अफ चरणमा