कारमा तैनाथ शान्ति सैनिक अदलीबदली
सोमबार, १९ वैशाख २०७९, २१ : ४२
मिनुस्का मिसन कारमा तैनाथ नेपाली शान्ति सैनिकको टोली अदली बदली गरिएको छ । राष्ट्रसंघको आह्वानमा कारमा खटिएका श्री रणशेर गण तेस्रो डफ्फा र सैनिक प्रहरी युनिट छैटौं डफ्फालाई बदली गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
वैशाख १८ मा सो डफ्फालाइ बदली गर्न जबरजंग गणको चौंथो डफ्फा र सैनिक प्रहरी युनिटको सातौं डफ्फा त्यसतर्फ परिचालन गरिएको छ । कारमा तैनाथ सैनिकलाई बदली गर्न सेनानी मुकुन्द न्यौपानेको कमाण्डमा १७७ जनाको टोली मिशन ईलाकामा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत