शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मी र एपीएफको जित

सोमबार, १९ वैशाख २०७९, २० : ५२
सोमबार, १९ वैशाख २०७९

विभागीय टोली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ जित निकालेका छन् । सोमबार भएको अन्तिम खेलमा एपीएफले आर्मीलाई गल्कोट स्पोर्ट्स क्लबलाई २५–१५, २१–२५, २५–१८, २५–२१ को सेटमा पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गण्डकी प्रदेशलाई सेटमा हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो । आर्मीले गण्डकीमाथि २५–१९, २५–८ र २५–१८ को सेटमा जित निकालेको हो ।

जितसँगै आर्मीले २ खेलमा ६ अंक जोडेको छ । आर्मी शीर्ष स्थानमा छ । एपीएफले तीन अंक जोडेको छ । दिनको पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपालले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगितामा सुृखद सुरुवात गरेको हो । हेल्प नेपालले ढोरपाटनलाई २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो । जितसँगै हेल्प नेपालले ३ अंक जोड्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप