गोरखामा जन्ती सवार जिप दुर्घटना, ३ जनाको मृत्यु
सोमबार, १९ वैशाख २०७९, २० : ५१
![गोरखामा जन्ती सवार जिप दुर्घटना, ३ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/accident-durghatana-acc-cartoon_nRZRX5TBy7.jpg)
गोरखाको सिरानचोक गाउँपालिका–७ आरुबोटे स्थित फिरफिरेभिरमा जन्ती सवार जिप दुर्घटना भएको छ । चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका–६ घर भएका ५० वर्षीय देवीप्रसाद पोखरेल, काठमाडौं वनस्थली बस्ने ५१ वर्षीय पदम न्यौपाने र पूर्वी नवलपरासीको कावासोती–१४ घर भएका ८० वर्षीय उत्तरकुमार सिग्देल छन् । उनीहरुको शव जिल्ला अस्पताल ल्याइने एसपी खनालले बताए ।
रोकेर राखेको जिप अचानक अघि बढेर भिरबाट खसेको थियो । दुर्घटनाग्रस्त जिप चितवनको भरतपुर नगरपालिका–२७ घर भएका घनश्याम काफ्लेले चलाएका थिए । दुर्घटनास्थलमा गोरखाका डिएसपी पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय
-
भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान