बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी ढिलासुस्तीले डिजिटल नेपाल अभियान अलमलमा

सोमबार, १९ वैशाख २०७९, २० : २६
सोमबार, १९ वैशाख २०७९

सरोकारवालाहरूले डिजिटल नेपाल फ्रेमवर्कलाई नयाँ कन्सेप्टबाट अघि बढाउनुपर्ने बताएका छन् । सोमबार नेपाल प्रविधि पत्रकारद्वारा आयोजित ‘डिजिटल नेपाल निर्माणमा समस्या’ नामक कार्यक्रममा सहभागीहरूले तीन वर्ष पहिले अघि बढेको योजनालाई परिमार्जन गरेर कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् ।

सहभागीहरूले अन्तरक्रियामा बोल्दै नेपाललाई डिजिटल रूपमा सक्षम बनाउन तथा सेवालाई प्रविधि मैत्री बनाउन तयार पारिएको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भनाइ राखे । सूचना प्रविधि विज्ञ विवेक राणाले डिजिटल नेपाल फ्रेमवर्कले शिक्षा, स्वास्थ्यलगायत ८० अटो क्षेत्रलाई समेटेको भएपनि सबै क्षेत्रमा फ्रेमवर्कको पग्ने वा नपुग्ने स्पष्ट नभएको बताए ।

यस्तै, नेपाल कम्ष्यूटर एसोसिएशनकी उपाध्यक्ष सुनैना घिमिरेले डिजिटल नेपाल फ्रेमवर्क प्रोजेक्ट जायज भएपनि सरकारी प्रक्रिया र कार्यान्वयन गर्ने निकायबीचको ढिलासुस्तीले नै बाधक भएको बताइन् । फ्रेमवर्कको ढाँचालाई पूर्ण बेठिक भन्न नमिलेपनि डिजिटल नेपाल फ्रेमवर्क प्रभावकारी नभएको उनको भनाइ छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुवास थपलियाले डिजिटल नेपाल फ्रेमवर्कबारे आम बुझाइ गलत रहेको बताए । डिजिटल नेपालको डिजिटल फाउन्डेसन डोमेनलाई परिमार्जन गरेर जानु पर्ने आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका उप निर्देशकले बिनोद श्रेष्ठले डिजिटल नेपाल फ्रमवर्कको लागि पूर्वाधार निमार्ण तथा विस्तार गर्न १५ अर्ब हाराहारीका प्रोजेक्टको काम चलिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप