कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउनेछन् ?
सोमबार, १९ वैशाख २०७९, २० : १२

निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । यही वैशाख ३० गतेको निर्वाचनका लागि आयोगले सोमबार निर्देशिका जारी भएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति पत्र लिएर मात्र प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन्। जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष वा वडा सदस्यले बढीमा दुई वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउने छन् ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउने छन्। आयोगका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित सङ्ख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्न अनुमति दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल