यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट
![यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट](https://rpcdn.ratopati.com/media/albums/TEAM_KARNALI_JSgXarUofO.jpg)
यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।
४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।
यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाडी छनोट हुनेछन् ।
छनोट भएका खेलाडी :
किरण कुँव, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्री धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली बिके, हिरणमयी रोय, अलिशा खाडिया, कृतिका मरासानी, उपाध्याय, मिनिश स्नेहा महरा, निसा शाह, मिनिषा राना मगर, प्रतिमा शाह, ज्योतनिस्का मरासानी, मनिषा चौधरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली