शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन पनि एन्फामा, रविन सहभागी हुन पाउने

सोमबार, १९ वैशाख २०७९, १९ : ३३
सोमबार, १९ वैशाख २०७९

जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन एन्फा मुख्यालयमा हुने भएको छ । वैशाख २२ गते सुर्खे जिल्ला संघको निर्वाचन हुने अखिल नेपाल फुटबल संघ एनफाले जनाएको छ ।

सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने या नपाउने विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । तर, आरसी ३२ बाट राजीनामा दिएको देखिएपछि एन्फाले सुर्खेत जिल्ला फुटबल संघको निर्वाचनमा रविनले भाग लिन पाउने भएका हुन् ।

एन्फाले यसअघि वैशाख १८ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको थियो । आइतबार पनि निर्वाचन हुन नसक्दा एन्फाले २२ गतेका लागि निर्वाचन तय गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप