मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

मकवानपुरको घट्टेपाखामा लोडर दुर्घटाना हुँदा २ जनाको मृत्यु भएको छ । निजगढ-काठमाडौं दुतमार्ग (फास्ट ट्रयाक) सडक खण्ड अन्तर्गत पर्ने बकैया गाउँपालिका वडा नम्बर–११ घट्टेपाखामा लोडर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार फास्ट ट्रयाकमा काम गरिरहेको लोडर अचानक सिमात खोलमा खस्दा दुर्घटना भएको हो । लोडरमा ५ जना चिनीया र १ जना नेपाली नागरिक रहेको र दुर्घटनामा ६ जना नै खोलामा खसेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । घाइते मध्ये चिकित्सकले २ जनालाई मृत घोषणा गरिसकेको उनले बताए ।
दुर्घटनामा घाइते भएका अन्य ४ जनाको हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए । उनका अनुसार मृतक र घाइतेको पहिचान खुलिसकेको नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तामझामका साथ गठन भएको मोर्चा निष्क्रिय
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
-
रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी