भ्रष्टाचार नगर्ने प्रणसहित गठबन्धनले गर्यो धनगढी नगर प्रतिबद्धता पत्र सार्वजनिक
भ्रष्टाचार नगर्ने प्रणसहित सत्ता गठबन्धनले धनगढी नगर प्रतिबद्धता सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रणसहित २२ बुँदे प्रतिबद्धता पत्र सोमबार सार्वजनिक गरेको हो ।
नगरवासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण पनि सो प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘विगतका वर्षमा हाम्रो प्रयासमा भएका कार्यहरूको स्वामित्व लिँदै कोभिड महामारीको सकसका बीच, पटक पटक प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीको परिवर्तन हुने गरेको, कानुन तथा नीति निर्माणमा लामो समय अल्झिनु परेको सबैमा विदितै छ’ प्रतिबद्धता पत्रमा भनिएको छ –‘नयाँ परिवेशमा स्थानीय सरकार संचालनको अभ्यासका व्रmममा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनता समक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने र राम्रा अनुभव र सिकाइलाई धनगढी उपमहानगरको विकास र समृद्धिका लागि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछाैँ ।’
सो प्रतिबद्धता पत्रमा धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन र शिक्षा, स्वास्थ्य, भौतिक विकासका साथै मानव संसाधनको यथोचित विकास गरी नागरिकलाई गुणस्तरीय जीवनयापन गर्न योग्य तुल्याउने अठोट लिइने उल्लेख छ । सो प्र प्रतिबद्धता पत्रमा सडक किनारामा वृक्षारोपण गरिने, ‘हाम्रो धनगढी हरित धनगढी’ बनाउने, हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतम पाँचदेखि दश वटा बिरुवा रोप्न आग्रह गरिने, धनगढी नगरभित्र रहेका सडक र खोलाहरूको दुवै किनारमा पैदल मार्ग निर्माण गरिने, पहिलो चरणमा शिवपुर धामदेखि कैलाली पुलसम्म पैदल मार्ग निर्माण गरिने, उपमहानगरपालिकाको उर्मा गाउँलाई अत्याधुनिक सहरी सुविधा सम्पन्न र सबैले गौरव गर्न लायक “नमुना बस्ती”बनाइने प्रतिबद्धता जनाइएको छ ।
उपमहानगर पालिकाका वडा न १४, १८ र १९ मा टाउन प्लानिङ सुरु गरिने, धनगढीको मुख्य सडक क्याम्पस रोड, चौराहा र सहिद गेटमा आकाशे पुल निर्माण गरिने र एउटा वडा एउटा पार्क, एउटा पोखरी र एउटा पुस्तकालय निर्माण गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । उपमहानगरपालिकाका विभिन्न स्थानबाट बग्ने खुटिया, मोहना नदी, सुकुटी र कैलाली नाला लगायतका नदी तथा खोलानाला किनारामा खुला पार्क निर्माण तथा वातावरण मैत्री साइकल ट्रयाक निर्माण गरिने, एक गाउँ बहु उत्पादन नीति अनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गरिने, फुलवारीलाई पशुपालन, उर्मा, बेला, घुइयाँघाटलाई कृषि जोन बनाइने, अर्गानिक कृषि खेतीलाई प्रोत्सहान गरी त्यसको बजारीकरणमा सहयोग गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै, विद्यालयमा बालबालिकाको शत प्रतिशत पहुँच पु¥याउन ‘हेप्पी स्कुल’को अवधारणाअन्तर्गत चार वर्षसम्मका बालबालिकालाई ‘अनिवार्य विद्यालय भर्ना’ कार्यक्रम संचालन गरी विद्यार्थी भर्ना दरमा वृद्धि गरिने र पाँच वर्षमा विद्यार्थीहरूको विद्यालय छोडेर शून्यमा झारिने, धनगढी उपमहानगरपालिकालाई बालश्रम मुक्त उपमहानगर बनाइने, एक विद्यालय एक नर्सको व्यवस्था गरिने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागु गरिने र निजी विद्यालयहरूको शुल्क अनुसार सेवा सुविधा भए नभएको अनुगमन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै, धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गरिने, उपमहानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिने, उर्मा र फूलबारी दुबैलाई पायक पर्ने गरी २५ सैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘घरबाट निस्कने फोहरमैला संकलन गरी त्यसबाट मल तथा उर्जा उत्पादन गरिनेछ’ प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘धनगढीमा वहुजातीय, बहुसाँस्किृतिक संग्रहालय निर्माण गरिनेछ । सबै धर्म सम्प्रदाय र ती सँग सम्बन्धित आस्थाका केन्द्रको विकास तथा प्रवर्द्धन गरिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ –‘बेहडाबाबा, जाखौरताल, शिवपुरीधाम, नेतुवाताल कनरी पार्कलाई पर्यटकको आकर्षकको केन्द्र बनाई पूर्णरुपमा संचालन गरिनेछ ।’
‘उपमहानगरपालिकाका भित्री सडकलाई रिङरोड, हुलाकी सडक र सहरी सघन सडकको संजालमा जोडिने छ । धनगढी उपमहानगरपालिकाभित्र अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक टर्मिनलसहितकोे बसपार्क निर्माण गरिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ ‘ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सडक ट्राफिकसंकेत निर्माण तथा सुरक्षाका लागि आवश्यक ठाउँमा सि सी टिभी क्यामेरा जडान र स्मार्टलाइट बत्ती जडान गरिनेछ । ई—रिक्सा र ट्याक्सी लगायतका सवारी साधनका लागि पार्किङको व्यवस्था गरिनेछ । पाँच वर्षभित्र माग र आवश्यकताका आधारमा नगरका सबै ठाउँ जोड्ने सडक कालोपत्रे गरिनेछन् ।’ यस्तै, पाँच वटा ईलेक्ट्रिक बस निजी, सहकारी र सामmेदारी (पिपिपि))मोडलमा सञ्चालनमा ल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
‘उपमहानगर पालिकाका वडा नं. १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गरिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ –‘धनगढी उपमहानगरपालिका भित्र उद्योग तथा कलकारखानामा लगानी गर्न लगानी मैत्री नीति निर्माण गरिनेछ । रु.५० करोड रुपैयाँ भन्दा बढी लगानीका होटेल तथा उद्योग तथा कलकारखानाको नक्सा पासमा ५० प्रतिशत छुट गरिनेछ । साथै उद्योग, होटेल तथा अन्य व्यवसायीक प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पर्ने विद्युत, खानेपानी, सडक लगायत सेवाहरू उपलब्ध गराउन आवश्यक सहजीकरण र सहयोग गरिनेछ ।’
‘करका दरलाई न्यून गर्दे करकाे दायरा फराकिलो पारिनेछ’ प्रतिवद्धतापत्रमा भनिएको छ ‘उपमहानगरपालिकाले संचालन गर्ने हरेक गतिविधि र त्यसको बजेट तथा कार्यान्वयन गर्ने विस्तृत योजना पालिकाको डिजिटल बोर्डमार्फत सार्वजनिक गरिने छ ।’ यस्तै वडा स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, हरेक वडामा खेलमैदान निर्माण गर्ने, युवा तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना केन्द्र स्थापनाका लागि प्रदेश सरकारसँग समन्वय गर्ने उल्लेख छ ।
धनगढी उपमहानगर पालिका भित्र निःशुल्क शव वाहनसहित मलामी वाहन सञ्चालन गरिने, धनगढी उपमहानगर पालिकाको घुईयाघाटलाई नमूना राना गाउँ बनाइने, ज्येष्ठ नागरिकको स्वास्थ्योपचार तथा निर्वाहका लागि सरकाले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज उपलब्ध गराइनेछ । जेष्ठ नागरिकका लागि प्रत्येक वडामा ज्येष्ठ नागरिक केन्द्र (अध्ययन, लाईबेरी मनोरञ्जन, विश्राम) बनाइने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी