विकासको कामका निर्णय बन्द कोठामा हुँदैन : धनराज आचार्य
पोखरा मेयरका उम्मेदवार धनराज आचार्यले विकासका लागि हुने कुनै पनि काम बन्द कोठाबाट निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पोखरा महानगरको वडा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने छलफल हुँदा स्थानीयसँग समन्वय नहुनु दुःखद रहेको बताए ।
उनले उक्त कुरामा आफू स्थानीय जनतासँग छलफल गरेर न्यायपूर्ण संगतमा अघि बढ्ने बताए । उनले राजमार्गदेखि वडा २-३ मिनेटको दुरीमा रहे पनि वडालाई जोड्ने पुल नहुँदा समस्या आएको बताए । उनले एउटा पुल बनाउने काम भइरहेको र अर्को पुलको पनि आवश्यकता रहेको उल्लेख गरे ।
गठबन्धनको जित भएमा जंगलको समस्याको समाधान समेत हुने भनाइ उनको छ । महानगर भएपनि बसको सुविधा नहुँदा स्थानीयले समस्या भोग्नुपरेको उनले उल्लेख गरे । उनले पृथ्वी चोकमा सिटी बसपार्क बनाउने र लामेआहालमा बसपार्क निर्माण गरेपछि पोखरामा कोठा लिएर बस्नुपर्ने बाध्यता नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण