विकासको कामका निर्णय बन्द कोठामा हुँदैन : धनराज आचार्य

पोखरा मेयरका उम्मेदवार धनराज आचार्यले विकासका लागि हुने कुनै पनि काम बन्द कोठाबाट निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले पोखरा महानगरको वडा ३३ मा ल्यान्डफिल साइड र औद्योगिक क्षेत्र बनाउने छलफल हुँदा स्थानीयसँग समन्वय नहुनु दुःखद रहेको बताए ।
उनले उक्त कुरामा आफू स्थानीय जनतासँग छलफल गरेर न्यायपूर्ण संगतमा अघि बढ्ने बताए । उनले राजमार्गदेखि वडा २-३ मिनेटको दुरीमा रहे पनि वडालाई जोड्ने पुल नहुँदा समस्या आएको बताए । उनले एउटा पुल बनाउने काम भइरहेको र अर्को पुलको पनि आवश्यकता रहेको उल्लेख गरे ।
गठबन्धनको जित भएमा जंगलको समस्याको समाधान समेत हुने भनाइ उनको छ । महानगर भएपनि बसको सुविधा नहुँदा स्थानीयले समस्या भोग्नुपरेको उनले उल्लेख गरे । उनले पृथ्वी चोकमा सिटी बसपार्क बनाउने र लामेआहालमा बसपार्क निर्माण गरेपछि पोखरामा कोठा लिएर बस्नुपर्ने बाध्यता नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ