आचारसंहिता उल्लङ्घन गर्ने कुन-कुन दललाई आयोगले गरायो सचेत ?
सोमबार, १९ वैशाख २०७९, १८ : ५१
![आचारसंहिता उल्लङ्घन गर्ने कुन-कुन दललाई आयोगले गरायो सचेत ?](https://rpcdn.ratopati.com/media/albums/Election-commission-nirbachan-aayog_4JTivhufK0.jpg)
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलहरूलाई सचेत गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर तीन पार्टीलाई सचेत गराएको हाे ।
योगका अनुसार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई सचेत गराएको छ । यस्तै आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि सचेत गराएको छ । नेता कोइरालाले आफूले प्रतिनिधि सभाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए ।
त्यसपछि उनलाई आयोगले स्पष्टिकरण सोधेको थियो । उनलाई अबदेखि यस्ता अभिव्यक्ति नदिन आयोगले सचेत गराएको छ । यस्तै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी