बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आचारसंहिता उल्लङ्घन गर्ने कुन-कुन दललाई आयोगले गरायो सचेत ?

सोमबार, १९ वैशाख २०७९, १८ : ५१
सोमबार, १९ वैशाख २०७९

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलहरूलाई सचेत गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर तीन पार्टीलाई सचेत गराएको हाे ।

योगका अनुसार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई सचेत गराएको छ । यस्तै आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि सचेत गराएको छ । नेता कोइरालाले आफूले प्रतिनिधि सभाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए ।

त्यसपछि उनलाई आयोगले स्पष्टिकरण सोधेको थियो । उनलाई अबदेखि यस्ता अभिव्यक्ति नदिन आयोगले सचेत गराएको छ । यस्तै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप