मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलको प्रश्न : स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ?

सोमबार, १९ वैशाख २०७९, १८ : ०१
सोमबार, १९ वैशाख २०७९

नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता अनुमोदनपछि नेपालमा  अमेरिकी नेता र अधिकारीहरुको लर्को लाग्न थालेको बताएका छन् । सोमबार केही घण्टाको फरकमा सामाजिक सञ्जालमा लेख्दै नेता रावलले अमेरिकी नेता र अधिकारीहरु लर्को लाग्नुमा एमसीसीको एउटा परिणाम भनेर टिप्पणी गरेका हुन् ।

साथै उनले प्रश्न गरेका छन् : ‘अब तिब्बत मामिला हेर्ने संयोजक उज्रा जिया पनि आउने रे भनेका छन् । अमेरिकीहरुको लर्कोलाई नेपाल शक्ति राष्ट्रको संघर्षको थलो बन्ने संकेत त होइन ? अब स्वतन्त्र परराष्ट्र नीति सकिएकै हो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप