उद्योगहरूमा देखिएको विद्युतको संकट समाधान गर्न अर्थमन्त्री शर्माले पहल गर्ने
अर्थमन्त्री जनार्दन शर्माले उद्योगहरुमा पछिल्लो समय देखिएको विद्युतको समस्या तत्काल समाधान गरिने बताएका छन् । प्रधानमन्त्रीलाई समेत उद्योगहरुको विद्युत समस्या रहेको जानकारी गराएकाले छिट्टै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
अहिले लोडसेडिङ हुनु दुर्भाग्य भएको भन्दै मन्त्री शर्माले समयमा नै विद्युत आयोजना सम्पन्न नहुनु र उत्पादन भएको विद्युत मुख्य प्रसारण लाइनमा जोड्न नसक्नु मूख्य कारण भएको बताए । सरकारले अहिलेको विद्युत संकट टार्न तयार रहेको मन्त्री शर्माको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा मन्त्री शर्माले भने, ‘उत्पादन उद्योगहरुमा उत्पादनका आधारमा भ्यालु आड कति हुन्छ, रोजगारी कति हुन्छ । त्यसको आधारमा सरकारले विद्युत शुल्कमा पनि नीति बनाउँछौं ।’ विद्युत कटौती भइरहेको सुनेकै दिन मन्त्रीपरिषद्मा प्रधानमन्त्रीलाई समस्या समाधानको लागि आग्रह गरेको शर्माको भनाइ छ ।
‘अहिले यस्तो नहुनु पर्ने थियो । कामका लाभपरवाहीहरु, समयमा नै काम नहुँदा, समयमा आयोजनाहरु समयमा नसकिदा, नसकिएका योजना प्रसारण लाइनमा नजोड्दा यस्तो भएको छ’, उनले भने, ‘वास्तवमा पहिला नै अलि तिव्रता दिएको भए अहिले चाहिने विद्यूत आइसक्नु पर्ने थियो ।’ यद्यपी, विद्युतको यो संकट टार्न आफूले पहल गर्ने मन्त्री शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण