बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकद्वारा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता वितरण

सोमबार, १९ वैशाख २०७९, १७ : ४०
सोमबार, १९ वैशाख २०७९

कुमारी बैंक लिमिटेडले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर गई वृद्धभत्ता वितरण गरेको छ । विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन ।  जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर बैंकले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न गरेको जनाएको छ । 

वैशाख १५ गते कुमारी बैंक लिमिटेडका व्यापार समन्वय विभागका प्रमुख रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पु-याउने कार्य गरेको थियोे ।
चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा रोहित सिंहले भने, ‘आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फी रूपमा सेवा–सुविधा पुगोस् भनीे सो आयोजना गरेका छौ ं।  आगामी दिनमा यसरी सहयोग पु-याउने कार्यक्रमलाई निरन्तरता समेत दिने समेत उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप