बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजश्व छलिको आरोपमा एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा

सोमबार, १९ वैशाख २०७९, १७ : ३९
सोमबार, १९ वैशाख २०७९

राजश्व अनुसन्धान विभागले राजश्व छलिको मुद्दामा भक्तपुर सूर्यविनायक स्थायी घर भएका एभरेष्ट यति इन्टरनेश्नलका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले कम्पनीका सञ्चालकहरू दिपककुमार देउवा र अचला थापा देउवाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध विभागले ९ करोड ६७ लाख ३२ हजार रुपैयाँ मागदाबी गरिएको छ । मूल्यअभिवृद्धि कर अन्र्तगत ३ करोड ४० लाख १८ हजार रुपैयाँ  आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५६० रुपैयाँ राजश्व चुहावट गरिएको पाइएको छ । 

उनीहरूले राजश्व अनुसन्धान ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ग) र (झ) बमोजिम कसुर गरेको पुष्टी भएको पाइएको छ । त्यसैले सोही ऐनको दफा २ (छ)१ बमोजिम उक्त आर्थिक जरिवाना र कैद सजाय मागदाबी गरी अभियोग दायर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप