शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट बैंक क्यापिटलको वितरकमा सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नियुक्त

सोमबार, १९ वैशाख २०७९, १७ : २५
सोमबार, १९ वैशाख २०७९

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको “एनआईबिएल सहभागिता फण्ड”नामक खुलामुखी योजनाका इकाईहरुको खरिद/बिक्रिलाई सरल, सहज र व्यवस्थित बनाउन सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडलाई सामूहिक लगानी कोष नियमावली तथा सो अन्र्तगतको निर्देशिका बमोजिम योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे छ ।

यसअघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडका तोकिएका शाखाहरु मार्फत हुँदै आइरहेको थियो ।

विगत २ वर्ष भन्दा बढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको छ भने   योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५% र दोस्रो आर्थिक वर्षमा ५०% नगद लाभांश प्रदान गरिसकेको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप