मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर सक्रिय सङ्क्रमित २ सय ११ जना

सोमबार, १९ वैशाख २०७९, १७ : ०२
सोमबार, १९ वैशाख २०७९

देशभर थप ९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार २५५ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टिजेन विधिबाट १ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हालसम्म ९ लाख ६६ हजार ६७४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८।८ प्रतिशत रहेको छ । त्यस्तै १८ हजार १० जनाले खोप पनि लगाएका छन् । हाल देशभर २११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप