मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरिता गिरीको आरोप : एमालेले निर्वाचनलाई साम्प्रदायिक बनायो

सोमबार, १९ वैशाख २०७९, १७ : ००
सोमबार, १९ वैशाख २०७९

मधेश राजनीतिबाट विश्राम लिइ बसेकी सरिता गिरीले एमालेले आफ्नो फाइदाका लागि काठमाडौं महानगरपालिकाको निर्वाचनलाई सम्प्रदायिक बनाएको आरोप लगाएकी छिन् ।

एमालेका तर्फबाट काठमाडौँ महानगरपालिका मेयर पदमा उठेका केशव स्थापितले मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन साह मधेशका हुन् भनि धारणा राखेपछि नेतृ गिरीको यस्तो धारणा आएको हो । गिरीले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘मेयरको उम्मेदवारका लागि कानुनले महिला तथा पुरुष मात्र छुट्याएको छ तर एमालेका उम्मेदवारले आफ्नो फाइदाका लागि बालेन साहको बारेमा उसको मूल अर्थात जातीय पहिचानको कुरा उठाएर निर्वाचनलाई साम्प्रादायिक बनाएका छन् ।’

बालेन साहले आरक्षण कोटाबाट चुनाव लडेको होइन भन्दै नेतृ गिरीले निर्वाचन आयोग किन चुप भनि प्रश्न पनि गरेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप