नवजीवन स्कुलले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
नवजीवन स्कुलले ब्रिटिस काउन्सिलबाट प्रदान गरिने ‘इन्टरनेशनल स्कुल अवार्ड’ जितेको छ । अन्तर्राष्ट्रिय स्तरका शैक्षिक परियोजना कार्य र सिकाई विधि अनुसरण गरी ब्रिटिस काउन्सिलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो विश्व प्रख्यात शैक्षिक कार्यक्रम विद्यालयले सन् २०२१ – २०२४ को लागि आफ्नो सहभागिता सुनिश्चित गर्दै अवार्डका लागि दावेदारी गरेको थियो ।
काठमाडौं उत्तरी भेग गोंगबुमा सञ्चालित विद्यालयले विगत ४१ वर्षदेखि निरन्तर विद्यार्थीको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदै देशको शैक्षिक विकासमा टेवा पुर्याउँदै आएको छ । विद्यार्थीको सिकाईलाई सहजीकरण गर्न र जीवन उपयोगी बनाउन यस अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार अन्तर्गत प्रोजेक्टमा आधारित सिकाई विधिको अवलम्बन गरिने र यो प्रगतीलाई विश्वव्यापी बनाउन विभिन्न देशका स्कुलहरूमा समान उमेर समूहका विद्यार्थी र शिक्षकहरूको सिकाइ विधि र उपलब्धिको आदान प्रदान गरिँदै आएको विद्यालयका प्राचार्य नवराज भट्टले जानकारी दिए । उक्त अवार्ड कार्य योजना अन्र्तगत विद्यालयमा विभिन्न आठ वटा परियोजना सञ्चालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का