सिटी एक्सप्रेस र नेपाल एसबीआई बैंकबीच रेमिटान्स सम्झौता
सोमबार, १९ वैशाख २०७९, १६ : ५४
सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनि ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत भुक्तानी हुनेछ । साथै सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने विश्वास दुबै पक्षले लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?