सानेपामा ४० लाख बराबरको धनमाल चोरी, दुईजना पक्राउ
सोमबार, १९ वैशाख २०७९, १७ : ०४
गत वैशाख ३ गते ललितपुरको सानेपा स्थित गोपाल रिजालको घरमा चोरी भयो । घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहले ताला फुटाएर करिब ४० लाखको सामान चोरेका थिए । चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ उर्फ अर्जुन र काठमाडौँको टोखा घर भएका सौराज गजमेर उर्फ सौराज सुनार छन् ।
३२ वर्षीय नारायण श्रेष्ठले सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । चोरी गर्ने समूहका अन्य दुई जना आरोपी फरार छन् । आरोपीहरूले हिरा, सुन र चाँदीका गहना चोरी गरेका छन् । प्रहरीले रिजालको घरबाट चोरी गरेको ९५ तोला चाँदीका सिक्का र बाला, ३ तोला सुन र मोतीका मालाहरू बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिका
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण