सानेपामा ४० लाख बराबरको धनमाल चोरी, दुईजना पक्राउ
सोमबार, १९ वैशाख २०७९, १७ : ०४

गत वैशाख ३ गते ललितपुरको सानेपा स्थित गोपाल रिजालको घरमा चोरी भयो । घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहले ताला फुटाएर करिब ४० लाखको सामान चोरेका थिए । चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ उर्फ अर्जुन र काठमाडौँको टोखा घर भएका सौराज गजमेर उर्फ सौराज सुनार छन् ।
३२ वर्षीय नारायण श्रेष्ठले सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । चोरी गर्ने समूहका अन्य दुई जना आरोपी फरार छन् । आरोपीहरूले हिरा, सुन र चाँदीका गहना चोरी गरेका छन् । प्रहरीले रिजालको घरबाट चोरी गरेको ९५ तोला चाँदीका सिक्का र बाला, ३ तोला सुन र मोतीका मालाहरू बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
-
भारतविरुद्ध आक्रमणको घोषणालगत्तै पाकिस्तानी प्रधानमन्त्रीले बोलाए कमान्ड प्राधिकरणको बैठक
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य