आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव छैन : शेखर गोल्छा

सोमबार, १९ वैशाख २०७९, १६ : ४०
सोमबार, १९ वैशाख २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव नभएको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले सो कुरा बताएका हुन् ।

उनले नीजि क्षेत्रलाई अँध्यारोमा राखेर हतोत्साही गर्न नहुने बताए । अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, ब्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निर्णयले कसैलाई फाइदा नपुग्ने बताए । उनले भने, ‘नीजि क्षेत्रलाई हतोत्साही गर्न हुँदैन । कुनैपनि बहानामा अब निजी क्षेत्रलाई अँध्यारोमा राखेर उज्यालो सम्भव छैन । हामी भन्दैछौ, खुलस्त हौंऔ, समस्या र जोखिम बाँडौं र त्यहीबाट समाधान निकालौं ।’ 

उनले कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको बताए । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५२९ अर्ब रुपैयाँ पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने समेत अध्यक्ष गोल्छाले बताए । उनले मुलुकको आर्थिक संकट रोक्न वैदेशिक लगानी ल्याउने संयन्त्र सरकारले बलियो बनाउनुपर्नेमा जोड दिए । मुलुकभित्र नै लगानीको अवसर सिर्जना गरिनु आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाई छ ।

उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा रहेको कमजोर पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय बजेटमा खोजी गर्नुपर्ने बताए । उनले भने, ‘वैदेशिक लगानी औसतमा वार्षिक २० अर्ब रुपैयाँ मात्रै आउँछ । वैदेशिक सहायताको ग्राफ भूकम्पपछिको पुनर्निर्माणका बेलाबाहेक सीधा छ । कोभिडपछि पर्यटन आय ८० प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५२९ अर्ब रुपैयाँ पुगिसकेको छ । यसको अर्थ अब रेमिट्यान्सले घाटा थेग्न सक्दैन ।’ 

उनले रेमिट्यान्स प्रोत्साहन कार्ययोजना ल्याएर रेमिट्यान्स बढाउन सकिने समेत बताए । उनले भने, ‘नियमित रेमिट्यान्स पठाउने युवाहरुलाई स्मार्ट रेमिट्यान्स कार्ड जारी गर्नुपर्छ । जसलाई वित्तीय सेवासँग जोडनुपर्छ । सहुलियतपूर्ण कर्जालाई यससँग जोडन सकिन्छ । अबको संकट रोक्न रकम भित्र्याउने संयन्त्र बलियो नबनाइ हुँदैन । मुलुकभित्र लगानीको अवसर सिर्जना गरिनुपर्छ ।’

त्यस्तै महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत प्राधिकरणकै लापरबाहीबाट अहिले विद्युत संकट आएको बताए । उनले अहिले पनि उत्पादन भएको २७ मेगावट विद्युत प्रसारण लाइन नजोडिएको बताए । अहिले भारतबाट महँगोमा विद्युत खरिद गर्न खोजेपनि किन्न नसकेको अवस्था रहेको उनले बताए ।

उनले भने, ‘२७ मेगावट विद्युत हाम्रो तयारी अवस्थामा छ । त्यहाँ स्थानीयको विरोधको कारण करिब २ किलो मिटर ट्रान्समिसन लाइन विद्युत प्राधिकरणले समयमा नै तान्न नसकेको कारणबाट जोडिएको छैन । अहिले भारतबाट महँगोमा विद्युत खरिद गर्न भनेको छौं । महँगोमा पनि किन्न नसकेको अवस्था छ । उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिन सकेको छैन । यस्तो समस्या तत्काल समधान गर्न माग गर्दछु । गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत उत्पादन गर्न सहुलियत दिने भनेको थियो । यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप