स्वयम्भूमा युवकको हत्या प्रकरण : आरोपी पक्राउ
सोमबार, १९ वैशाख २०७९, १६ : १३
![स्वयम्भूमा युवकको हत्या प्रकरण : आरोपी पक्राउ](https://rpcdn.ratopati.com/media/albums/index_S3RWH0Xyz4.jpg)
काठमाडौंको स्वयम्भूस्थित भगवान् पाउ नजिक नरेश कुमार गौतमको हत्या भयो । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका २८ वर्षीय गौतमका शव वैशाख २ मा भेटिएको थियो ।
३ जना मिलेर लुटपाट पश्चात उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न रहेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१ डकाहा घर भएका प्रकाश तिमिल्सिना छन् । २६ वर्षीय तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखाका चुमनुब्री गाउँपालिका–३ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
हत्यामा संलग्न अर्का एक जनालाई प्रहरी वृत स्वयम्भूले यसअघि नै पक्राउ गरेको छ । हत्या आरोपी अर्का एक जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान