बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिलन नेवारको नयाँ गीत सार्वजनिक

सोमबार, १९ वैशाख २०७९, १६ : ०९
सोमबार, १९ वैशाख २०७९

गायिका मिलन नेवारको स्वर तथा गीतकार गीता गिरीको शब्द रहेको गीत ‘हाँस तिमी’ सार्वजनिक भएको छ । विक्रम थापाको संगीत रहेको गीतमा विसन मानन्धरले संगीत संयोजन गरेका छन् ।
गीतको भिडियोमा निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । कुशल श्रेष्ठको निर्देशन रहेको भिडियो छायांकार श्रेष्ठले नै सम्पादन गरेका हुन् ।
गीतकार गिरीको यस अगाडि ‘ए पहरी फूल’ बोलको गीतले चर्चा कमाउन सफल भएको थियो । यो गीत पनि दर्शक स्रोताले रुचाउने गिरीको विश्वास रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप