प्रशिक्षकसँगको विवादको विषयमा छानविन गर्न माग
सोमबार, १९ वैशाख २०७९, १६ : ००
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादको विषयमा बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीहरूले जानकारी गराएका छन् ।
उनीहरूले सोमबार एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई राष्ट्रिय टोलीका उपकप्तान रोहित चन्दले बन्द प्रशिक्षणबाट बाहिरिएको घटनाक्रमबारे जानकारी गराउँदै छानविनको माग गरेका हुन् ।
यसैबीच एन्फा खेलाडी संघले घटनाको उचित छानविन गर्न माग गरेको छ । संघका अध्यक्ष विक्रम लामाले पनि महासचिव तुलाधरलाई ज्ञापनपत्र बुझाएर यो विषयलाई प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो समाधान गर्न आग्रह गरेका छन् ।
गत आइतबार अल्मुताइरीसँग होटर र होस्टल बस्ने विषयमा विवाद हुँदा १० खेलाडीहरूले बन्द प्रशिक्षण छोडेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण