आईजीपी नियुक्ति विवाद : विश्वराजको रिट दर्ता, बुधबारलाई पेशी तोकियो

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
सुनिता रावतको वारेसनामामा पोखरेलको रिट सर्वोच्चमा दर्ता भई बुधबारका लागि पेशी तोकिएका अदालतले जनाएको छ । सोमबार बसेको क्याबिनेट बैठकले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गरेको थियो । सरकारले विधि र प्रक्रिया मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।
सिंहले आज दर्ज्यानी चिन्ह लगाइसकेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपी सिंहले फुली लगाएका हुन् । आईजीपी नियुक्ति प्रक्रियामा असन्तुष्ट बनेका अर्का आईजी सहकुल थापा भने सोमबार अदालत गएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’